• २०८१ बैशाख १६ आइतबार

ह्यारी केनको ह्याट्रिकसँगै बायर्नको शानदार जित

kharibot

काठमाडौँ । जर्मनीको बुण्डेसलिगामा ह्यारी केनले एक पछि अर्को किर्तिमान बनाइरहेका छन् ।

गएराती सम्पन्न बायर्न म्युनिखको मैन्जविरुद्धको खेलमा केनले ह्याट्रिक गर्दै लिगको यस सिजनमा आफ्नो गोल संख्या ३० पुर्याएर नयाँ किर्तिमान बनाएका छन् ।

केनको ह्याट्रिकसँगै बायर्नले मैन्जलाई ८-१ गोल अन्तरल पराजित गरेको थियो । जसमा लिओन गोरेत्जकाले २, थोमस मुलर, जमल मुसिआला र सेर्गी ग्नाब्रीले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर्न लिगमा २५ खेलमा ५७ अंकसहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको लिभरकुसेन २४ खेलमा ६४ अंक सहित शिर्ष स्थानमा रहेको छ । लिभरकुसेन यस सिजनमा अपराजित रहेको छ ।

केनको ह्याट्रिकसँगै उनले जर्मनी लिगको डेभ्यु सिजनमा ३० गोल गर्ने यस अघि उवे सीलेरको रेकर्डको बराबरी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै