• २०८१ बैशाख २० बिहीबार

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको मनोनयन दर्ता सोमबार

kharibot

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको मनोनयन दर्ता सोमबार हुने भएको छ । 

आइतबार राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने तय भएको हो । नेपाली कांग्रेसले निर्वाचनको मिति सार्न प्रस्ताव गरेपनि सो प्रस्ताव अस्वीकृत भएको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो । 

अब यसअघि नै तय भएको निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ । जस अनुसार सोमबार उम्मेदवारको मनोनयन दर्ता हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै