• २०८१ बैशाख १६ आइतबार

पदाधिकारीमाथिको आक्रमण अपराधिक घटना हो- अध्यक्ष लिङदेन

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणलाई अपराधिक घटना भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि कार्यालय भित्र नै युवाहरुको समूहले श्रेष्ठमाथि कुटपिट गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु अपराधिक घटना भएको बताउदै दोषीउपर कारबाही हुनुपर्ने निर्णय गरेको बताए ।

उनले भने- 'झडप अप्रत्याशित रुपमा भयो । किन भयो भन्ने कुराको खोजीनीति पनि भइराखेको छ । त्यो राजनीतिक र पदाधिकारीबीचको विवाद भन्दापनि अलग ढंगले भएको हुनाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौँ । र बैठकले त्यसप्रति खेद व्यक्त गरेको छ । पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीलाई, कार्यसम्पादन समितिको सदस्यलाई अप्रत्याशित रुपमा जुन आक्रमण भएको छ, सीसीटीभी फुटेज, अन्य सञ्चार माध्यममा आएको भिडिओ समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत निर्णय भइसकेको छ । त्यो नितान्त अपराधिक घटना हो । त्यसमा कारबाही हुनुपर्छ भन्ने हाम्रो निर्णय भएको छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै