• २०८१ बैशाख १६ आइतबार

मेसी नखेलेको खेलमा इन्टर मियामी पराजित

kharibot

काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामी पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक एक गोल गरेका थिए ।

त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक एक गोल गरेका थिए ।

यस खेलमा लियोनेल मेसीलाई आराम दिएको थियो भने लुइस स्वरेज सब्सटिच्युटको रुपमा खेलेका थिए ।

इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो । यो हारपछि ४ खेलमा ७ अंक हासिल गर्दै इन्टर मियामी शिर्ष स्थानमा रहेको छ । त्यसतै मोन्टरियलको भने ३ खेलमा ७ अंक भएको छ र  लिगमा दोस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै