काठमाडौँ । अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामी पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा मोन्टरियलले इन्टर मियामीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
मोन्टरियलको जितमा फेर्नानडो अल्भारेज, माटीआस कोकारो र सनउसी इब्राहिमएले एक एक गोल गरेका थिए ।
त्यसैगरी इन्टर मियामीका लागि लियोनार्दो काम्पाना र जोर्डी अल्बाले एक एक गोल गरेका थिए ।
यस खेलमा लियोनेल मेसीलाई आराम दिएको थियो भने लुइस स्वरेज सब्सटिच्युटको रुपमा खेलेका थिए ।
इन्टर मियामीको यस सिजनमा यो पहिलो हार हो । यो हारपछि ४ खेलमा ७ अंक हासिल गर्दै इन्टर मियामी शिर्ष स्थानमा रहेको छ । त्यसतै मोन्टरियलको भने ३ खेलमा ७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।