• २०८१ बैशाख १६ आइतबार

सेल्टा भिगोमाथि रियल म्याड्रिडको शानदार जित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेल्टा भिगोलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र अर्दा गुलेरले एक एक गोल गरेका थिए भने सेल्टा भिगोका भिसेन्ट गुइटा र कार्लोस डोमिंगगुएजले एक एक गोल आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोना भन्दा ७ अंकले अगाडी रहेको छ ।

त्यसैगरी सेल्टा भिगोको २८ खेलमा २४ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै