• २०८१ बैशाख २१ शुक्रबार

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

kharibot

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले आ-आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

माओवादी केन्द्रका दाहाल एमालेसहितको गठबन्धनबाट उम्मेदवार बनेका छन् भने शर्मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । 

राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य नारायण दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइसमेत हुन् । उनको कार्यकाल चार वर्षको रहेको छ । २०७८ मा दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए । सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि राजनीतिक दलमा सक्रिय रहेका छन् । त्यसअघि उनी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०५७ सालदेखि माओवादी केन्द्रीय सदस्य छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका युवराज शर्मा बाँकेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी ०४५ सालमै पार्टीको बाँके सभापति भएर काम गरेका थिए । ०२८ सालमा देउवा नेविसंघको सभापति हुँदा शर्मा उपाध्यक्ष थिए ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिएसँगै उक्त पदका लागि निर्वाचन हुन लागेको हो ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुदै छ । उम्मेदवारको मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरको ल्होत्से भवनमा हुने छ । सोमबार नै साढे १ बजे दर्ता भएका प्रस्तावको सूची प्रकाशित हुने छ ।

त्यसपछि मंगलबार विहान ११ बजेर ०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनि प्रस्तावकले प्रस्ताव पेश गर्ने छन् भने समर्थकले समर्थन गर्ने छन् । एक भन्दा बढी प्रस्ताव आएमा सम्क्षिप्त छलफल हुने र प्रस्ताव दर्ताक्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने तालिका संसद सचिवालयले सार्बजनिक गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै