• २०८१ जेठ ४ शुक्रबार

नाउपाको केन्द्रीय समिति बैठक स्थगित

kharibot

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी विरामी परेर अस्पताल भर्ना भएकाले बैठक स्थगित भएको हो ।

अध्यक्ष रञ्जीताले नयाँ गठबन्धनमा जाने वा नजाने र सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा आज टीकापुर केन्द्रीय समितिको बैठक आह्वान गरेकी थिइन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट राज्यमन्त्रीसहित तीन जना मन्त्री थपेपछि उक्त पार्टीमा विवाद सिर्जना भएको छ।

अध्यक्ष श्रेष्ठले नेतृत्वसँगको सल्लाह बिना सरकारमा गएको भन्दै तत्काल फिर्ता हुन निर्देशन दिएकी थिइन् भने उनका श्रीमानसमेत रहेका पार्टी संरक्षक रेशम चौधरीले सरकारलाई समर्थन कायमै हुने भन्दै राम्रो काम गर्न निर्देशन दिएका छन् । सोही विषयलाई लिएर नाउपामा विवाद देखिएको छ । 

मुख्यमन्त्री शाहले नाउपासहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराएर आफू नेतृत्वको सरकारलाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै