• २०८१ बैशाख १८ मंगलबार

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसदले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नाजिर मियाँले समय दिएको अन्तिम दिन नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलास चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

लक्ष्मणकिशोरले नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट र कैलाश चौधरीले अध्यक्ष रन्जीता श्रेष्ठ पक्षबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

लक्ष्मणकिशोरले नाउपासहित नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन रहेको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबि गरेका छन् भने कैलाश चौधरीले नाउपासहित माओवादी केन्द्र, नेकपा एमाले र स्वतन्त्र सांसदको समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । 

एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबि पेश गरेपछि प्रदेश प्रमुख मियाँले भने अब सांसदहरुको सनाखत गरेर निर्णय लिने भएका छन् । उनले मङ्गलवार सांसदहरूको सनाखत गर्ने भएको प्रदेश प्रमुखको कार्यले स्रोतले जनाएको छ ।  साथै एकै पार्टीका दुई सांसदले फरक–फरक दाबी पेस गरेकोले उनले कानूनी परामर्श पछि मात्रै निर्णय गर्ने बताएकाछन् ।

लक्ष्मणकिशोरले पेस गरेको दाबीमा १८ जना नेपाली काँग्रेसका ४ जना एकीकृत समाजवादी ५ जना नागरिक उन्मुक्ति र एक जना राप्रपा सांसदसहित २८ जना सांसदको समर्थन देखिएको छ । त्यस्तै कैलाश चौधरीले एमालेका १० जना, माओवादी केन्द्रका १० जना, नाउपाका २ जना, एकीकृत समाजवादीका ४ जना र स्वतन्त्र एक जनाको समर्थन आफुलाई रहेको भन्दै दाबी पेस गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै