• २०८१ बैशाख १५ शनिबार

राप्रपाको काठमाडौँ केन्द्रित आन्दोलन चैत्र २७ का लागि सर्यो

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते गर्ने भनिएको काठमाडौं केन्द्रित आन्दोलन २७ गतेका लागि सारेको छ ।

पार्टी कार्यालय धुम्बााराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एसईईको समय भएको कारण देखाउदै काठमाडौं केन्द्रित जनप्रदर्शनसहितको आन्दोलन चैत २७ गते गर्ने निर्णय गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

साथै बैठकले फागुन २७ गते पार्टी कार्यालय भित्र नै कार्य सम्पादन समितिका सदस्य ठाकुर मोहन श्रेष्ठमाथि भएको आक्रमण आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै यस विषयको छानबिन अनुशासन समितिले गर्ने र समितिको सिफारिश कार्यान्वयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको छ ।

साथै इलाम- २ र बझाङमा बैशाख १५ मा हुने उपनिर्वाचनमा सहभागी हुने निर्णय गर्दै दुवै जिल्लाका अध्यक्षसँगको समन्वयमा प्रदेश अध्यक्षलाई उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै