• २०८१ बैशाख १५ शनिबार

नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै, विश्वकप छनौट खेल बहराइनमै हुने

kharibot

काठमाडौँ । नेपालले फिफा विश्वकपको एशिया छनौटको क्वालिफायरको दोस्रो राउण्डको खेल बहराइनमा खेल्ने भएको छ । नेपालमा हुने सो खेल दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएपछि बहराइनमा नै हुने भएको हो ।

दोस्रो राउण्डका खेल मार्च २१ र मार्च २६ मा हुने छ । होम एण्ड अवे आधारमा हुनुपर्ने खेल नेपालको मैदान उपयुक्त नभएपछि दुवै खेल बहराइनमा हुने भएको छ ।

विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

त्यस्तै नेपालले विश्वकप छनौटको तयारी स्वरूप मार्च १५ मा मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जानकारी दिएको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै