• २०८१ बैशाख १५ शनिबार

बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४-२ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बार्सिलोनाको जितमा फेर्मिन लोपेज, जोआओ  क्यान्सेलो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यसैगरी नापोलीका लागि एक गोल अमिर रहामानीले गरेका थिए ।

बार्सिलोना र नापोली पहिलो लिगमा १-१ गोलको बराबरी खेलेका थिए ।

योसँगै अहिलेसम्म बार्सिलोनासहितआर्सनल, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै