काठमाडौँ । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा अल इत्तिहादलाई २-० गोल अन्तरले पराजित गर्दै अल हिलालले समग्रमा ४-० को नतिजासहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अल हिलालको जितमा यासेर अलशाहरानी र माल्कमले एक एक गोल गरेका थिए ।
त्यसैगरी यस खेलमा अल इत्तिहादका अबडेरराजक हामदल्लाहले खेलको ९१औ मिनेटमा रातो कार्ड पाएका थिए ।
अब सेमिफाइनलमा अल हिललले युएईको क्लब अल ऐनसँग खेल्ने भएको छ ।