• २०८१ बैशाख २० बिहीबार

नयाँ गठबन्धन बनेपछि कांग्रेसभित्र ‘युद्धविराम’ भयो- प्रधानमन्त्री

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक समीकरण बनेसँगै कांग्रेसभित्र ‘युद्धविराम’ भइको टिप्पणी गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले  आफूले राजनीतिक समीकरण बदलेपछि कांग्रेसभित्र आन्तरिक एकता देखापरेकाले खुसी लागेको बताए । 

‘कांग्रेसको विचार समूहको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट म आजित भएको थिएँ । तर, आज मैले गरेको समीकरणले कांग्रेसभित्र आन्तरिक एकताको कारक बन्न पाएकोमा खुसी छु । मेरो कदमले कांग्रेसभित्र राम्रो एकता कायम हुँदै छ । यो युद्धविराम प्रचण्डको कारणले भएको छ । यसलाई स्थायी बनाउनुहोला, शान्तिमा बदल्नुहोला,’ उनले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै