• २०८१ बैशाख १५ शनिबार

नयाँ गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता भएको छैन : केपी ओली

kharibot

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धनमा प्रधानमन्त्री आलोपालो गर्ने बारे कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन् । 

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई  प्रधानमन्त्री बनाउने गरी सम्झौता भएको भन्ने चर्चाका बीच अध्यक्ष ओलीले गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सम्झौता नभएको बताएका हुन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । 

यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३÷१३ वर्ष, वा १५÷१५ वर्षको कसैले गरेको छैन ।

प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन र मेरो  इच्छा पनि छैन । प्रधानमन्त्री जोसुकै होस् ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै