• २०८१ बैशाख १५ शनिबार

विश्वप्रकाशको प्रधानमन्त्रीलाई प्रश्न- एमाले र कांग्रेसले संवाद अगाडी बढाए तपाइँको यात्रा कहाँ पुग्छ ?

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले एमाले र कांग्रेसले सहकार्य गरेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक भविष्यबारे प्रश्न उठाएका छन् ।

बुधबार संसदमा प्रधानमन्त्री प्रचण्डले पेश गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले एमालेले संवाद अगाडि बढाउने प्रस्ताव कांग्रेसले मानेको अवस्थामा प्रधानमन्त्रीको यात्रा कहाँ पुग्छ भन्दै प्रश्न गरेका हुन् ।

उनले भने- 'कुरा नचल्ने भन्नुभो पूर्वप्रधानमन्त्री ज्यूले। तलबाट हाम्रो सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभो । कुरा नचल्नेहरूको कुरा चल्न सुरू भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला प्रधानमन्त्री ज्यू !'

आजैको संसदको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई एमालेसँग संवाद गर्न राखेको प्रस्ताव बारे बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै