• २०८१ बैशाख १६ आइतबार

स्थिरताका लागि सर्वदलीय सरकार आवश्यक छ- मुख्यमन्त्री कार्की

kharibot

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका छन् । कोशी प्रदेशसभा सचिवालयले आयोजना गरेको 'सदनलाई प्रभावकारी बनाउन समितिका सदस्यहरूलाई अभिमुखीकरण कार्यक्रम'मा मुख्यमन्त्री कार्कीले राजनीतिक स्थिरताका लागि सर्वदलीय सरकार आवश्यक रहेको बताएका हुन् ।

कार्कीले समय नपुगेरै प्रदेशसभा भंग गर्नुपर्ने अवस्थाभन्दा सबैको सहकार्यमा सदनलाई प्रभावकारी बनाउन उचित रहेको धारणा राखेका थिए ।

उनले भने- 'बदलिएको राजनीतिक परिवेशमा मुख्यमन्त्रीले राजीनामा गरेर सदनको आयु घटाउनुभन्दा सबैको सहकार्यमा अघि बढ्नु उचित हुन्छ । सबैलाई मिलाउने जिम्मेवारी मुख्यमन्त्रीको रहन्छ । हामीले जनताका पक्षमा काम गर्नुको अर्को विकल्प छैन ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै