• २०८१ बैशाख २१ शुक्रबार

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

kharibot

भोजपुर। धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

को. १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका- ७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो ।

दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ ।

मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै