• २०८१ बैशाख १५ शनिबार

एमालेले लुम्बिनीका ८६ हजार कार्यकर्ताको परीक्षा लिने

kharibot

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशभित्र रहेका १२ वटै जिल्लाका पार्टी सदस्यहरूको परीक्षा लिने भएको छ । चैत ५ गते हुने परीक्षामा प्रदेशभरका ८६ हजार २ सय ५० जना नेता/कार्यकर्ताहरू सहभागी हुने एमालेका सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिएकी हुन् । 

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ अर्यालले परीक्षाको नतिजाबाट पार्टीका कार्यकर्ताहरूको स्तर निर्धाण हुने र त्यसै अनुसार पार्टीभित्र जिम्मेवारी दिइने नीति बनाइएको जानकारी गराएकी छन् । 

उनले भनिन्- ‘परीक्षाले कसलाई कुन लेभलको जिम्मेवारी दिने भन्ने जानकारी हुनेछ । लुम्बिनी प्रदेशबाट एउटा नौलो अभ्यास गर्दैछौं।’ उनले पार्टीलाई सांगठिनकरूपमा बोलियो बनाउनका लागि बेलाबेला सदस्यहरूको परीक्षा लिनुपर्ने समेत बताइन् । 

साथै उनले निष्क्रिय सदस्यलाई क्रियाशील र जवाफदेही बनाउन यो कार्यक्रम थालिएको भए पनि पहिलो पटक अनुत्तीर्णलाई पुनः अवसर दिइने र स्कुल विभागको माध्यमबाट प्रशिक्षणको व्यवस्था मिलाउने समेत उनले बताइन ।

जिल्ला कमिटीको संयोजनमा लुम्बिनी प्रदेश कमिटीले सञ्चालन गर्ने उक्त परीक्षाको केन्द्र वडा कमिटीका कार्यालयहरूलाई तोकिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै