• २०८१ बैशाख १६ आइतबार

युरोपा लिगको क्वाटरफाइनलमा को को पुगे ?

kharibot

काठमाडौँ । युइएफए युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने ८ क्लबको टुंगो लागेको छ ।

गएराती सम्पन्न राउण्ड १६ का दोस्रो लिगका खेल सकिएसँगै युरोपा लिगको क्वाटरफाइनलमा ८ क्लब पुगेका हुन् ।

जसमा लिभरपुल, मार्सेली, एएस रोमा, बेनिफिका, वेस्टह्याम युनाइटेड, एटलान्टा, एसी मिलान र बायर लिभरकुसेन रहेका छन् ।

लिभरपुलले स्पर्ता पराग्वेलाई समग्रमा ११-२ ले , मार्सेलीले भिल्ला रियललाई ५-३ ले , रोमाले ब्राइटनलाई ४-१ ले, बेनिफिकाले रेन्जर्सलाई ३-२ ले, वेस्टह्यामले एससी फ्रेइबर्गलाई ५-१ ले, एटलान्टाले स्पोर्टिंग सिपिलाई ३-२ ले, मिलानले स्टाभिया पराग्वेलाई ७-३ ले र लिभरकुसेनले काराबागलाई ५-४ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

युइएफएले युरोपा लिगको क्वाटरफाइनलको ड्र आजै गर्ने जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै