काठमाडौँ । हङकङमा टी-२० सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ ।
नेपाली राष्ट्रिय टिम शुक्रबार बिहान काठमाडौँ फर्किएको हो । नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले पदाधिकारीहरुले स्वागत गरेका थिए ।
हङकङमा सम्पन्न टी-२० सिरिजमा नेपाल फाइनलमा पिएनजीसँग पराजित भएको थियो । सिरिजमा हङकङविरुद्धको पहिलो खेल बर्षाले रद्ध भएको थियो भने भने दोस्रो खेलमा पिएनजीलाई पराजित गरेर फाइनलमा पुगेको थियो ।