• २०८१ बैशाख १५ शनिबार

कांग्रेसले गृहमन्त्री लामिछानेलाई विधेयक पेश गर्न दिएन, संसद बैठक स्थगित

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेसले आजको प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धि विधेयक पेश गर्ने कार्यक्रमलाई अवरोध गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको बारेमा जवाफ नदिएसम्म गृहमन्त्रीलाई संसदमा प्रस्ताव पेश गर्न अवरोध गर्ने जानकारी गराएका थिए । साथै उनले संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकताको छलफललाई भने कांग्रेसले अवरोध नगर्ने स्पष्ट गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले संसदको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै