• २०८१ बैशाख १५ शनिबार

अस्पताल भर्ना भए अमिताभ बच्चन

kharibot

काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चनको एन्जियोप्लास्टी गरिएको छ । 

८१ वर्षीय अमिताभलाई शुक्रबार बिहान ६ बजे मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको र उनको एन्जियोप्लाष्टी गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनलाई ठुलो सुरक्षासहित शुक्रबार बिहान अस्पताल पुर्याइएको मिडिया रिपोर्टमा उल्लेख अग्रिएको छ ।

यसैबीच, अमिताभले एउटा एक्समा आफ्नो स्ट्याटस लेख्दै 'तपाईप्रति सधैं आभारी छु' उल्लेख गरेका छन् । उनको यो स्ट्याटसले शल्यक्रियापछि शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेको विश्लेषण गरिएको छ ।

अमिताभ बच्चन र उनको परिवारको तर्फबाट या अस्पतालबाट उनको एन्जियोप्लाष्टी गरिएको बारे अहिलेसम्म कुनै औपचारिक जानकारी भने दिइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै