• २०८१ बैशाख १५ शनिबार

कांग्रेसले बेल घेराउ गरेपछि संसद बैठक स्थगित

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले बेल घेराउपछि संसद् बैठक पुन: स्थगित भएको छ ।

यस अघि स्थगित भएको बैठक फेरी सुचारु हुना साथ सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धि विधेयक प्रस्तुत गर्न समय दिएपछि काँग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । काँग्रेस सांसदहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै बेल घेराउलाई निरन्तरता दिएपछि सभामुखले संसद् बैठक ४ गतेसम्मका लागि स्थगित गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्रीले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको बारेमा जवाफ नदिएसम्म गृहमन्त्रीलाई संसदमा प्रस्ताव पेश गर्न अवरोध गर्ने बताउदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै