• २०८१ बैशाख १५ शनिबार

च्याम्पियन्स लिग क्वाटरफाइनल ड्र- रियल म्याड्रिडको प्रतिद्वन्दी म्यानचेस्टर सिटी

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको ड्र सम्पन्न भएको छ ।

राउण्ड १६ को दोस्रो लिगपछि यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा एटलेटिको म्याड्रिड, डोर्टमण्ड, आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड पुगेका छन् । 

शुक्रबार सम्पन्न ड्र मा क्वाटरफाइनलमा आर्सनलले बायर्न म्युनिख प्रतिद्वन्दी पाएको छ भने एटलेटिको म्याड्रिडले बोरुसिया डोर्टमण्डसँग खेल्ने भएको छ । त्यसैगरी रियल म्याड्रिडले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ भने पिएसजीले बार्सिलोना प्रतिद्वन्दी पाएको छ । 

योसँगै क्वाटरफाइनलको पहिलो लिग अप्रिल ३० र मे १ मा हुने छन् भने दोस्रो लिग मे ७ र ८ मा हुने युइएफएले जनाएको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै