काठमाडौँ । युइएफए युरोपा लिगको क्वाटरफाइनलको ड्र सार्बजनिक भएको छ ।
शुक्रबार सम्पन्न ड्र अनुसार युरोपा लिगको क्वाटरफाइनलमा एसी मिलानले आफ्नै इटालियन प्रतिद्वन्दी एएस रोमा प्रतिद्वन्दी पाएको छ । त्यसैगरी प्रिमियर लिग क्लब लिभरपुलले इटालियन क्लब एटलान्टा प्रतिद्वन्दी पाएको छ ।
त्यसैगरी जर्मनी क्लब बायर लिभरकुसेनले प्रिमियर लिग क्लब वेस्ट ह्याम यूनाइटेड प्रतिद्वन्दी पाएको छ भने पोर्चुगलको क्लब बेनिफिकाले फ्रेन्च क्लब मार्सेली प्रतिद्वन्दी पाएको छ ।
युइएफएका अनुसार युरोपा लिगका क्वाटरफाइनलका खेलको पहिलो लिगअप्रिल ११ मा खेलिने छ भने दोस्रो लिग अप्रिल १८ मा खेलिने छ ।