• २०८१ बैशाख १५ शनिबार

‘पूजार सार्की’मा आर्यनको लुक्स लिक !

kharibot

काठमाडौँ । फिल्मको घोषणासँगै चर्चामा रहेको फिल्म ‘पूजार सार्की’ अहिले स्टारकास्टका कारण सबैको ध्यान खिच्न सफल भएको छ  । यस फिल्ममा तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गरिरहेका छन् ।

जातीय विभेदविरुद्धको कथामा आधारित यो फिल्ममा प्रदीप दलित युवकको भूमिकामा छन् । केहि दिन अघि सार्बजनिक भएको उनको लुक्स अहिले चर्चामा रहेको छ ।

यसैबीच, फिल्मको सेटबाट आर्यनको चरित्रचित्रण हुने भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको २४ सेकेन्ड लामो भिडियोमा आर्यन दमाहा र पञ्चेबाजाको तालमा नाचिरहेको देखिएका छन् । आर्यनको लुक्स लिक भएको भनेर प्रचार गरिएको भएपनि यसलाई फिल्म प्रचारको शैली भएको बुझ्न गार्हो छैन ।
यो क्लीपलाई प्रदीपका नजिक व्यक्ति मानिने सन्तोष कार्कीले आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गरेका हुन् । 

एक महिनादेखि फिल्मको कास्की जिल्लास्थित कास्कीकोटमा छायाङ्कन भइरहेको छ । फिल्ममा आर्यनको जोडी अन्जना बराइली र प्रदीपको जोडी परीक्षा लिम्बू रहेकी छन् । फिल्मलाई विकास सुवेदीले लेखेका हुन् भने संगीतकार सुवास भुसाल निर्माताको रुपमा छन् । फिल्मलाई आगामी जेठ ४ गते प्रदर्शन गरिने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै