• २०८१ बैशाख १६ आइतबार

ओसासुनाविरुद्ध रियल म्याड्रिडको शानदार जित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनाविरुद्ध शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ओसासुनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने डानी कारभाजल र ब्राहिम डियाजले एक एक गोल गरेका थिए ।

त्यसैगरी ओसासुनाका लागि आन्टे बुडीमिर र इकर मुनोजले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २९ खेलमा ७२ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ । रियल म्याड्रिड दोस्रो स्थानमा रहेको जिरोनाभन्दा स्पष्ट १० अंकले अगाडी रहेको छ ।

त्यसैगरी ओसासुनाको भने २९ खेलमा २६ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै