• २०८१ बैशाख १६ आइतबार

म्यानचेस्टर सिटी र कोभेन्ट्री एफए कपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटी र कोभेन्ट्री सिटी एफए कपको सेमिफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न क्वाटरफाइनलका खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

म्यानचेस्टर सिटीको जितमा दुवै गोल बेर्नार्डो सिल्भाले गरेका थिए ।

त्यसैगरी कोभेन्ट्री सिटीले वोल्भ्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अब क्वाटरफाइनलका अन्य दुई खेलमा आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल खेल्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै