काठमाडौँ । भारतका चर्चित युट्युबर एल्विश यादव पक्राउ परेका छन् ।
बिग बोस विजेता समेत रहेका यादवलाई नोएडा पुलिसले आइतबार प्रक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यादवलाई रेभ पार्टीमा सर्पको विष आपूर्ति गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । उनलाई पुलिसको आइतबार सोधपुछका लागि बोलाएको थियो र सोधपुछपछि पक्राउ गरिएको बताइएको छ ।
सर्पको विष आपूर्ति गरेको अभियोगमा कोतवाली सेक्टर ४९ का एल्विश यादवसहित ६ जनाविरुद्ध पशुपन्छी संस्थानले मुद्दा दायर गरेको थियो । यसपछि प्रहरीले यस मामिलामा चार सर्पकर्मी र एक जनालाई पक्राउ गरेको थियो । अहिले प्रहरीले यो घटनामा यादवलाई पक्राउ गरेको छ ।
पटक पटक निजी कारणले विवादमा आउने यादवका युट्युबमा १५ मिलियनभन्दा बढी फलोअर छन् ।