• २०८१ बैशाख १५ शनिबार

नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको विश्वासको मत कायमै राख्ने

kharibot

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको छ । आइतबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेका हो ।

नाउपाका प्रदेशसभामा रहेका ७ मध्ये बैठकमा ५ सांसद उपस्थित रहेका थिए । सांसद कैलाश चौधरी र टीका थापा भने बैठकमा सहभागी थिएनन् । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीले अहिलेको सरकारलाई नै समर्थन कायम राख्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई समर्थन कायमै राखे काँग्रेसका १८ र उन्मुक्तिका ७ गरेर सरकारको पक्षमा २५ जना  प्रदेश सभा सदस्य संख्या पुग्ने छ । शाह नेतृत्वको सरकार टिकिरहन राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य  डाक्टर ताराप्रसाद जोशीको पनि समर्थन आवश्यक  पर्नेछ । बहुमत पुगाउन सरकारको पक्षमा २७ जना सदस्यको समर्थन आवश्यक पर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै