• २०८१ बैशाख १५ शनिबार

एटलेटिकोमाथि बार्सिलोनाको शानदार जित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडविरुद्ध शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ३-० गोल अन्तरले पराजति गरेको हो ।

बार्सिलोनाको जितमा जोआओ फेलिक्स, रोबेर्ट लेवानडोस्की र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए । त्यसैगरी यस खेलमा खेलको ९२औं मिनेटमा एटलेटिकोका नहुएल मोलिनाले रातो कार्ड पाएका थिए ।

यो जितपछि बार्सिलोनाको २९ खेलमा ६४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ८ अंकले पछाडी रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिडको २९ खेलमा ५५ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै