• २०८१ बैशाख १५ शनिबार

रोयल च्यालेन्जर्स बैंगलोरले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि

kharibot

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरले वुमन्स प्रिमियर लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै वुमन्स प्रिमियर लिगको उपाधि जितेको हो ।

दिल्ली क्यापिटल्सले दिएको ११४ रनको लक्ष्य पछाएको बैंगलोरले १९.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै दिल्लीले १८.३ ओभरमा ११३ रन बनाएर अल आउट भएको थियो ।

पुरुष आइपिएलमा १६ सिजनसम्म उपाधि नजितेर आलोचित बनेको बैंगलोरका लागि महिला टिमले भने दोस्रो सिजनमै उपाधि जिताएका छन् । वुमन्स प्रिमियर लिगको पहिलो सिजन भने मुम्बई इण्डियन्सले जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै