• २०८१ बैशाख १६ आइतबार

काठमाडौँ आइपुगे आसीसी अध्यक्ष

kharibot

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्क आफ्नो चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष ग्रेगलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले स्वागत गरेका छन् ।

अध्यक्ष ग्रेगको यस भ्रमणको क्रममा क्यानले आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्वपूर्ण कदम भएको बताएको छ ।

नेपाल बसाईका क्रममा अध्यक्ष ग्रेगले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा सुविधाहरूको औपचारिक भ्रमण गर्ने छन् भने प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्री लगायतका प्रमुख व्यक्तिहरूसँग भेटवार्ता गर्ने क्यानले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै