• २०८१ बैशाख १६ आइतबार

बझाङ ‘क’ उपनिर्वाचन: कांग्रेसद्वारा १० जना सिफारिस

kharibot

चैनपुर (बझाङ) । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले निर्वाचनमा उम्मेदवारका लागि आकाङ्क्षी देखिएकाको नाम सिफारिस गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जना आकाङ्क्षीको नाम सिफारिस गरेको कांग्रेस प्रवक्ता रमानन्द जोशीले जानकारी दिए ।

प्रवक्ता जोशीका अनुसार सिफारिस हुनेमा जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् । बझाङ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै