• २०८१ बैशाख १५ शनिबार

रवि लामिछानेको बचाउमा ओली, कांग्रेस बदनाम गराउने खेलमा लाग्यो

kharibot

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले लामिछानेको बचाउ गर्दै कांग्रेसले लामिछानेलाई बद्नाम गराउने खेलमा लागेको आरोप समेत लगाएका छन् ।

काँग्रेसले सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेका लामिछाने पदबाहिर रहेर अनुसन्धानलाई सघाउनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए । उनले भने-‘के उनी (लामिछाने) सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’

साथै ओलीले लामिछाने कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको आरोप लगाउदै यसलाई महत्व दिन आवश्यक नभएको टिप्पणी गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै