• २०८१ बैशाख १५ शनिबार

नेपाल महिला क्रिकेटकी पहिलो कप्तान नेरीको सन्यास

kharibot

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरेकी छिन् ।

नेरीले सोमबार १७ वर्ष लामो क्रिकेट यात्रा टुंगाउने घोषणा गेकी हुन् । उनले भनेकी छन्- ‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु। क्रिकेट जीवनमा उतार चढाव भएपनि यो १७ वर्ष अविश्वसनीय रह्यो, उनले लेखेकी छिन्, खेल जीवनबाट सन्यास लिएको हुँ सम्झनाबाट हैन ।’

नेरीको कप्तानीमा नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिएको थियो । उनको कप्तानीमा नेपालले एसीसी वुमन्स प्रतियोगिताको फाइनल पुगेको थियो ।

पछिल्लो समय टोलीमा नरहेकी उनी एपिएफबाट घरेलु क्रिकेट खेल्दै‌आएकी थिइन् । बाँके नेपालगञ्जकी नेरीले २००७ देखि झन्डै १२ वर्ष राष्ट्रिय टोलीबाट खेलेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै