• २०८१ बैशाख १५ शनिबार

ओली भन्छन्- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्न सम्भव छैन

kharibot

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्न नसक्ने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले यस प्रकरणमा संसदीय समिति बन्न सम्भव नभएको टिप्पणी गरेका हुन् ।

उनले भने- ‘संसदीय समिति केका लागि बन्ने ? त्यो सम्भवै छैन । अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ । सरकारभन्दा बाहिर हुनेबित्तिकै कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, आवेग देखाउने, प्रतिशोधी खालका क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्नेजस्तो क्रियाकलाप गर्नु हुँदैन । हामी कांग्रेसबाट जिम्मेवार प्रतिपक्षीको भूमिको अपेक्षा गर्छौं । आग्रह पनि गर्छौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै