• २०८१ बैशाख १६ आइतबार

सहकारी प्रकरणमा संसदीय समिति गठन नभए भोलिदेखि संसद चल्दैन- सांसद खतिवडा

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नताको विषयमा संसदीय छानबिन समिति गठन नभएमा भोलिदेखि संसद नचल्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै सांसद खतिवडाले यस प्रकरणमा संसदीय समिति गठन नभएमा भोलिदेखि संसद नचल्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीले दिएको जवाफ आफुहरुलाई चित्त नबुझेको भन्दै यस प्रकरणमा संसदीय समिति गठन गर्नुपर्ने माग राखेको स्पष्ट गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै