काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले मंगलबार आफ्नो न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा गठबन्धनका तर्फबाट मस्यौदा समितिका संयोजक विष्णु पौडेलले ८ पृष्ठको नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका हुन् ।
नयाँ गठबन्धनले खेलकुद क्षेत्रमा गुरुयोजनासहित क्रिकेट लगायतका खेलका लागि पूर्वाधार निर्माण गर्ने संकल्प गरेको छ । संकल्पमा भनिएको छ- 'खेलकुद विकासका गुरुयोजनासहित क्रिकेट लगायतका खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने, खेलाडीहरूको सम्मान र वृत्तिविकासका कार्यक्रमहरू ल्याउने ।'