• २०८१ बैशाख १५ शनिबार

सन्यास तोडेका हसरंगामाथि आइसीसीको प्रतिबन्ध

kharibot

काठमाडौँ । एक दिन अगाडी टेस्ट क्रिकेटमा फर्किएका वानिन्दु हसरंगा बंगलादेशविरुद्धको टेस्ट खेल नपाउने भएका छन् ।

आफ्नो सन्यास तोड्दै हसरंगा श्रीलंकाको टेस्ट टिममा फर्किएका थिए । श्रीलंकाले बंगालदेशविरुद्धको २ टेस्टको सिरिजविरुद्ध घोषणा गरेको १७ सदस्यीय टिममा हसरंगालाई समावेश गरिएको थियो ।

तर आइसीसीले हसरंगालाई प्रतिबन्ध लगाएपछि उनी यो सिरिज खेल्न नपाउने भएका हुन् ।

हसंरागालाई बंगलादेशविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा आइसीसीको आर्टिकल २.८ उलंघन गरेको आरोपमा प्रतिबन्ध लागेको छ ।  उनले यस खेलमा ५० प्रतिशत खेल फिसको जरिवाना र ३ डिमेरिट अंक पाएका  छन् । योसहित उनको पछिल्लो २४ महिनामा कुल ८ डिमेरिट भएपछि उनले अब २ टेस्ट वा चार एकदिवसीय वा चार टी-२० खेलमा प्रतिबन्ध लाग्ने भएको छ । 

यस अनुसार अब हसरंगाले बंगालदेशविरुद्धको दुवै टेस्ट गुमाएका छन् ।  

हसरंगाले २०२३ को अगस्तमा टेस्ट खेलबाट सन्यास लिएका थिए । उनले सेतो बलको क्रिकेटमा आफ्नो ध्यान केन्द्रित गर्ने भन्दै टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । २६ बर्षिय अलराउन्डर हसरंगाले केवल चार टेस्ट खेलेका छन् । जसमा १९६ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

श्रीलंकाले बंगलादेशविरुद्धको टेस्ट सिरिजका लागि लाहिरु कुमारालाई टिममा समावेश गरेको छ भने अनक्याप्ड निशान पेइरिसलाई समेत टिममा समावेश गरेको छ ।

श्रीलंकाले मार्च २२ देखि पहिलो र मार्च ३० देखि दोस्रो टेस्ट खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै