• २०८१ बैशाख १५ शनिबार

डा. तोसिमा कार्कीको गुनासो- संसदमा बोल्न दिइएन

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले संसद्‌मा सहकारी र सुनमात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेकी छिन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्न नदिएको भन्दै कार्कीले सामाजिक सञ्जालमार्फत संसद्‌मा सहकारी र सुनमात्र बोल्नुपर्ने हो भन्दै प्रश्न गरेकी हुन् ।

प्रतिनिधि सभा नियमावलीमा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था रहेको र त्यसअनुसार आफूले समय माग गर्दा नपाएको उनले बताएकी छिन् । नियमावली अनुसार संसदमा ढ्याप ढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ। आजकल प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ। मैले दुवै प्रक्रियामा आकस्मिक समय माग गरेँ। तर समय दिइएन, उनले भनेकी छिन्। 

उनले काठमाडौँका कतिपय अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरिकहरूको रोदन रहेको र उपचार नपाएकै कारण ज्यान गुमाउनु परेको बताएकी छिन् ।

उनले भनेकी छिन्, संसदमा बोल्नुपर्ने कुरा के हो रु सहकारी र सुनमात्र हो रु एक अर्कामाथि छेडखानी मात्र रु काठमाण्डौमा नै वीर, पाटन, कान्ति, टिचिङ लगायत अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरिकहरूको रोदन छ।बिरामीहरूले ज्यान गुमाउनु परेको छ। परिवारमा पर्ने दुख भनिनसक्नु छ तर केही अस्पतालका आइसियु खाली बसेका छन्। यसबारेमा संसदमा बोल्न समय पाइँदैन।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै