• २०८१ बैशाख १५ शनिबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध उद्योगमन्त्रीलाई विद्यार्थीको ज्ञापनपत्र 

kharibot

तस्बिर : विजय गौतम/फेसबुक

काठमाडौं । प्रमुख दलका विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिविरुद्ध उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । श्रृंखलाबद्ध रुपमा मूल्यवृद्धि गरेको भन्दै विद्यार्थी संगठनहरुले एक भएर त्यसको विरोध र मन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् । 

यसले जनताको ढाड सेक्ने काम गरेको उनीहरुले बुझाएको पत्रमा उल्लेख छ । बहुसंख्यक जनता गरिबीको रेखामुनि रहेकाले सरकार केवल व्यापारीजस्तो देखिनु दुःखद भन्दै उनीहरुले जनतालाई अत्यावश्यक क्षेत्रमा सहुलियत र राहत दिनुपर्ने माग गरेका छन् । 

साथै उनीहरुले नेपाल आयल निगमभित्रको विकृति, बेथितिको अन्त्य र भ्रष्टाचारको छानबिन गर्न समेत माग राखेका छन् । अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा श्रृंखलाबद्ध मूल्यवृद्धि भएकोमा आपत्ति जनाइएको छ ।

पत्रमा अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेवि संघ अध्यक्ष नैनसिंह महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामांग र अखिल छैठौँका अध्यक्ष विमल पोखरेलको हस्ताक्षर रहेको छ । 

यस्तै नयाँ शक्ति, अखिल पाँचौ लगायतका संगठनले पनि आजै उद्योगमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय