• २०८१ बैशाख १५ शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

kharibot

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । निगमका अनुसार नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय