• २०८१ बैशाख १५ शनिबार

रोनाल्डो बिना स्विडेनमाथि पोर्चुगल ५-२ ले विजयी

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्विडेनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले स्विडेनलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा राफेल लिओ, माथेउस नुनेज, ब्रुनो फर्नानडेज, ब्रुमा र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यसैगरी स्विडेनका लागि भिक्टर ग्योकेरेज र गुस्ताफ निल्सनले एक एक गोल गरेका थिए ।

यस खेलमा क्रिस्टियानो रोनाल्डोसहित पोर्चुगलका प्रमुख खेलाडीहरु खेलेका थिएनन् । पोर्चुगलले अब अर्को खेल मार्च २७ मा स्लोभेनियासँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै