• २०८१ बैशाख १५ शनिबार

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

kharibot

जनकपुरधाम। सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मिपूर पतारी गाउँपालिका- ६ सितापुर बस्ने ३० वर्षीय मुकेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बिहीबार दिउँसो लहान नगरपालिका- १ गोलचक्करस्थित इलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले पूर्व-पश्‍चिम लोकमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा पुर्वबाट आइरहेको प्र ०१२-०१-००२ प ३९६९ नम्बरको मोटरसाइकलमा सवार साहको साथबाट रकम बरामद गरिएको प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रहरीले साहले आफ्नो साथमा बोकेको रातो रंङको झोलाबाट श्रोत नखुलेको नेपाल एसबिआई बैंकको स्टीकर लागेको १० लाख १ हजार ६५० रुपैयाँ बरामद गरेको हो ।

बरामद गरिएको रकमसहित साहलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै