• २०८१ बैशाख १५ शनिबार

प्रशान्त र कुन्दनको प्रमुख भूमिकामा फिल्म 'साम्राज्य’ को घोषणा

kharibot

काठमाडौँ । बाबु साहेव बलामीको निर्देशनमा फिल्म ‘साम्राज्य’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमबीच कलाकारको सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो ।

फिल्ममा प्रशान्त ताम्राकार, कुन्दन भारद्वाज, अनुजा लेप्चा र देव सिंहको भूमिका रहनेछ । कुन्दनलाई लिएर यसअघि निर्देशक बलामीले फिल्म ‘देव वाणी’ बनाइसकेका छन्, प्रदर्शन हुन बाँकी छ ।

एक्सन जनरामा निर्माण हुन लागेको फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा बन्ने निर्देशक बलामीले बताए । यो फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने उनको योजना छ । हरि बहादुर घलेको छायांकन रहने फिल्ममा शंकर अधिकारी ‘घायल’ले गीत रचना गर्नेछन् । आगामी जेठ अन्तिम सातादेखि छायांकन सुरु गर्न लागिएको फिल्ममा केही भारतीय कलाकार पनि छनोट गरिने बलामीले बताए ।

अनुजा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्मको निर्मातामा हिरा बहादुर लेप्चा र पूर्णिमा लेप्चा छन् । फिल्मको घोषणासँगै क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा प्रशान्त ‘इन्टेन्स लुक्स’मा प्रस्तुत छन् भने कुन्दन र अनुजा ‘एङ्ग्री मुड’मा बन्दुक तोकेको अवस्थामा चित्रित छन् । निर्देशक बलामीले स्क्रिप्टअनुसार फिल्मलाई राम्रो बनाउन कुनै कसर नछाड्ने दाबी गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै