• २०८१ बैशाख १५ शनिबार

विवादकी रानी कंगना, १० वर्षमा एउटा मात्र सुपरहिट फिल्म

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री कंगना रनौत ३७ वर्षकी भएकी छन् । कंगना आफ्नो फिल्मका कारण भन्दा पनि विवादका कारण चर्चामा रहन्छिन् । उनले बलिउडमा नयाँ भएको बेला आफूमाथि जनावरजस्तै व्यवहार गरेको बताउदै आएकी छन् ।

अहिले कंगना फिल्मका कारण भन्दा पनि निजी अभिव्यक्तिका कारण चर्चामा रहने गर्दछिन् । उनले सामाजिक सञ्जाल र सार्बजनिक मंचमा मोदी नेतृत्वको सरकारको खुलेर समर्थन गर्ने गर्छिन भने राजनीतिक रुपमा अन्य दलको खुलेर विरोध समेत गर्ने गर्दछिन । 

अहिले कंगनालाई बलिउडको विवादाकी रानी भनिन्छ र यो छविले उनको करियरलाई केही हदसम्म नोक्सान पुर्याएको छ । उनलाई फिल्ममा कास्ट गर्नका लागि फिल्मकर्मीहरु पन्छिन थालेका छन् ।

कंगनाले विगत १० वर्षमा एउटा मात्र सुपरहिट, एउटा हिट र एउटा औसत फिल्म दिएकी छिन् । गत वर्ष उनी फिल्म ‘तेजस’ मा देखिएकी थिइन् जुन फ्लप भएको थियो । यसअघि रिलिज भएको ‘धाकड’ ले तीन करोड मात्रै कमाएको थियो ।

फ्लप फिल्म भए पनि कंगना अहिले पनि बलिउडकी महँगो नायिका हुन् । उनको एउटा फिल्मको पारिश्रमिक १५ देखि १७ करोड रुपैयाँसम्म छ ।

पछिल्ला केही वर्षयता कंगनाको करियरमा गिरावट आएको छ । १० वर्षमा उनको एउटा मात्र फिल्म ‘तनु वेड्स मनु रिटर्न्स’ सुपरहिट भएको छ । यसअघि सन् २०१४ मा क्वीन हिट साबित भएकी थिइन् । उनको २०१९ फिल्म ‘मणिकर्णिका: द क्वीन अफ झाँसी’ औसत साबित भयो । मणिकर्णिकापछि विगत पाँच वर्षमा कंगनाका पाँचवटा फिल्म रिलिज भएका छन् र सबै फ्लप भएका छन् ।

जसमा २०२३ मा रिलिज भएको तेजसले केवल ५.६ करोड भारु कमाएको थियो भने २०२२ मा रिलिज भएको धाकडले ३.७७ करोड मात्र कमाएको थियो । त्यसति २०२० मा रिलिज भएको पंगाले ४१.७१ करोड कमाई गरेको थियो भने २०१९ मा रिलिज भएको जजमेन्टल है क्याले ४४.९२ करोड कमाएको थियो भने २०१९ मै रिलिज भएको मणिकर्णिकाले १३२.८५ करोड कमाएको थियो ।

त्यस्तै २०१७ मा रिलिज भएको सिमरनले २७.२५ करोड कमाएको थियो भने २०१७ मा नै रिलिज भएको र्नागुनले ३९.७८ करोड कमाएको थियो ।त्यसैगरी २०१५ मा रिलिज भएको कट्टी बट्टीले ४२.९३ करोड कमाएको थियो भने २०१५ मै रिलिज भएको तनु वेड्स मनुले २५५ करोड कमाएको थियो । त्यस्तै २०१४ मा रिलिज भएको उंगलीले ३०.१२ करोड र क्वीनले ९५ करोड कमाएको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै