काठमाडौँ । कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई २०९ रनको लक्ष्य दिएको छ ।
आइपिएल अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको हो ।
कोलकोताले खराब शुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिंगको सहयोगले विशाल योगफल बनाएको हो । रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए ।
त्यसैगरी कोलकोताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए ।
त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्बाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।