• २०८१ बैशाख १५ शनिबार

मेसी नखेलेको खेलमा इन्टर मियामीको लज्जास्पद हार

kharibot

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा न्युयोर्क रेड बुल्सले इन्टर मियामीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

न्यूयोर्क रेड बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गरेका थिए भने विकलम्यान कार्मोनाले एक गोल गरेका थिए ।

यो जितपछि न्यूयोर्क रेड बुल्सको ५ खेलमा १० अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी इन्टर मियामीको भने यस सिजनमा यो दोस्रो हार हो । ६ खेलमा १० अंकसहित इन्टर मियामी अमेरिकन लिग सकरको इस्टर्न कन्फेरेन्सको तेस्रो स्थानमा रहेको छ ।

इन्टर मियामीका लागि लियोनेल मेसी इन्जुरिका कारण खेलेका थिएनन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै